भक्तपुर मालपोतका नासु एक लाख घुससहित पक्राउ

Advertisement

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोतमा कार्यरत एकजना नायव सुब्बालाई घुस लिँदालिँदै रंगेहात विहिबार पक्राउ गरेको छ ।

मालपोतको रजिष्ट्रेसन फाँटका देवराज काफ्लेलाई एक लाख रुपियाँ घुससहित केहि बेरअघि पक्राउ गरिएको हो ।

काफ्ले भक्तपुरको सूर्यविनायक नगरपालिका-१ नखेलको जग्गा पास गरिसकेपछि आफ्नै कार्यालयको अन्डरग्राउन्डमा सेवाग्राहीसँग पैसा लिँदागर्दा पक्राउ परेका हन् ।

अहिले उनलाई अनुसन्धानको लागि अख्तियार लागिएको छ ।

Advertisement

Advertisement

Advertisement