प्रदेश-१ को मुख्यमन्त्रीका लागि शेरधन र भीमबीच किचलो सुरु, जीवन सर्वसम्मत हुने संभावना

Advertisement

काठमाडौंः प्रदेश नं. १ को मुख्यमन्त्रीका लागि वामगठवन्धनबाट नाम चर्चामा रहेका एमाले नेताद्धय शेरधन राई र भीम आचार्यबीच किचलो सुरु भएको छ । दुवैले अडान कायम राखेपछि गठवन्धनले सर्वसम्मत उम्मेवारको रुपमा जीवन घिमिरेलाई रोज्ने संभावना बढेर गएको छ ।

मोरङ क्षेत्र ४ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको घिमिरे राजनीतिक योगदान र क्रियाशीलताका हिसावले उक्त प्रदेशका अन्य एमाले उम्मेदवारहरुभन्दा पूराना नेता हुन । एमाले नेताहरु भीम आचार्य, शंकर पोखरेल, धनश्याम भुसालका समकालिन जीवन घिमिरेले अहिलेसम्म आफूलाई पार्टीले अवसरबाट बन्चित गरेकाले आफूलाई नै मुख्यमन्त्री बनाउनुपर्ने दावी गर्दै आएका छन् ।

भावी मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका शेरधन उमेर र योगदानका हिसावले कच्चा भएको भन्दै उनलाई अहिले नै मुख्यमन्त्री बनाउन नहुने एमालेकै नेता कार्यकर्ताहरुको धारण देखिन्छ । उनी तत्कालिन विभाजित मालेबाट छिरेकाले सोचभन्दा चाँडै नै मन्त्री बन्ने अवसर पाएका थिए । अर्कोतर्फ राई लिम्बुको बाहुल्यता रहेको प्रदेश नं. १ मा सोही समुदायबाट मुख्यमन्त्री हुनुपर्ने कतिपयको तर्क देखिन्छ ।

राईले भीम आचार्यलाई स्वीकार नगर्ने, आचार्यले राईलाई स्वीकार्य नगर्ने परिस्थिति देखिएपछि दुवैलाई मान्य हुने वौद्धिक र सर्वमान्य व्यक्तिको खोजी गर्ने क्रममा घिमिरे मुख्यमन्त्रीको संभावित उम्मेदवारका रुपमा देखिएका हुन । राई र आचार्य दुवैले आफूलाई पार्टीले भावी मुख्यमन्त्रीका रुपमा प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको भन्दै कुनै पनि हालतमा एकले अर्कोलाई अस्वीकार गर्ने बताउँदै आएका छन् । यता घिमिरेले भने आफूभन्दा कम राजनीतिक योगदान भएकाहरुलाई पार्टीले मन्त्रीदेखि मेयरसम्म बनाइसकेको भन्दै मुख्यमन्त्री हुने पालो आफ्नो भएको बताउँदै आएका छन् ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र अर्को नेता अशोक राईसँग काम गर्दै उनीहरुकै विचारबाट वामपन्थी राजनीतिमा क्रियाशील रहँदै आएका घिमिरे प्रदेश नं. १ को आर्थिक विकासका लागि विशिष्ठ मोडल प्रस्तुत गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement