समानुपातिकमा एमाले काँग्रेसभन्दा ८० हजार मत अगाडि

Advertisement

काठमाडौंः समानुपातिकतर्फको जारी मतमतगणना शुक्रबार बिहानसम्म एमाले काँग्रेसभन्दा झण्डै ८२ हजार मत अगाडि रहेको छ । एमालेले २९ लाख ४१ हजार २८६ मत ल्याउँदा काँग्रेसले २८ लाख ५९ हजार १४९ मत ल्याएको छ ।

मतगणना अन्तिमतिर पुग्न लाग्दा एमालेले अग्रता कायमै राखेको हो । प्रत्यक्षतर्फ दुईतिहाई बहुमत ल्याएको एमाले र माओवादी केन्द्रको गठवन्धनले समानुपातिकमा पनि मत जोड्दा लोकतान्त्रिक गठवन्धनभन्दा निकै अगाडि हुने देखिएको छ । यद्यपि प्रतिनिधिसभामा दुईतिहाई बहुमत भने पुग्ने संभावना छैन् ।

संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक सिट र कुल खसेको समानुपातिकतर्फ तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

समानुपातिकमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ८३ हजार ७३७ मत पाएको छ भने संघीय समाजवादी फोरमले चार लाख १६ हजार ६५०, राष्ट्रिय जनता पार्टी तीन लाख ७९ हजार ४१५,
विवकेशील साझा पार्टीले एक लाख ९७ हजार २६, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८० हजार ७२, नयाँ शक्ति पार्टीले ७५ हजार ४८५, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले ७४ हजार १३१,
नेपाल मजदुर किसान पार्टीले ५२ हजार ६१४ र अन्यले तीन लाख १७ हजार १९२ मत पाएका छन् ।

Advertisement

Advertisement

Advertisement