काठमाडौं : एभरेष्ट इन्स्योरेन्सले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको हिजो बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश समेत आफैले दिने भएको छ । कर प्रयोजनका लागि जम्मा ६ लाख ३९ हजार ४ सय ७४ रुपियाँ खर्च हुनेछ ।
कम्पनीको यो निर्णयलाई नियामक बीमा समिति र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने हुन्छ ।
एभरेष्टले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ लाख ८५ हजार रुपियाँ खुद मुनाफा कमाएको छ । यसको चुक्ता पुँजी १२ करोड १५ लाख रुपियाँ रहेको छ ।