एभरेष्ट इन्स्योरेन्सले दिने भयो १० प्रतिशत बोनस, कर तिर्न नगद लाभांश कम्पनीले व्यहोर्ने

Advertisement

काठमाडौं : एभरेष्ट इन्स्योरेन्सले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको हिजो बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश समेत आफैले दिने भएको छ । कर प्रयोजनका लागि जम्मा ६ लाख ३९ हजार ४ सय ७४ रुपियाँ खर्च हुनेछ ।

कम्पनीको यो निर्णयलाई नियामक बीमा समिति र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने हुन्छ ।

एभरेष्टले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ लाख ८५ हजार रुपियाँ खुद मुनाफा कमाएको छ । यसको चुक्ता पुँजी १२ करोड १५ लाख रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement