इपीएल क्रिकेटलाई दियो आईसीसीले मान्यता

Advertisement

काठमाडौंः सोमबारदेखि सुरु हुने एभरेस्ट प्रिमिएर लिग (इपिएल) ले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को मान्यता प्राप्त गरेको छ । आइसिसीको मान्यता पाएपछि अब इपिएलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उक्त प्रतियोगिता खेल्न पाउने छन् ।

आयोजक इपिएलले दिएको जानकारी अनुसार आइसीसीले प्रतियोगितामा राष्ट्रिय तथा विदेशी खेलाडीलाई प्रतियोगिता खेल्न स्वीकृति दिएको छ । साथै, आइसिसीले इपिएललाई मान्यता दिएको कुरा आफ्ना सवै सदस्य राष्ट्रहरुलाई जानकारी पनि गराएको उल्लेख छ ।

इपिएलका संस्थापक आमिर अख्तरका अनुसार आइसिसीको मापदण्ड अनुरुप २० हजार अमेरिकी डलर स्वीकृति रकम तिरेपछि बिहीबार बिहान आइसिसीले स्वीकृति पत्र पठाएको उल्लेख छ ।

इपिएल आगामी पुस तीन गतेदेखि कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा हुदैछ । प्रतियोगितामा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्स गरी छ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

Advertisement

Advertisement

Advertisement