आउँदो माघ ११ देखि क्यान इन्फोटेक

Advertisement

काठमाडौंः कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)को आयोजनामा सूचना प्रविधि मेला माघ ११ गतेदेखि सुरु हुने भएको छ । क्यानको मेला भृकुटीमण्डको प्रदर्शनीस्थलमा छ दिनसम्म चल्नेछ ।

‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला’ नामको उक्त मेलाको अवलोकनको लागि विद्यार्थीलाई ५० रुपियाँ र सर्वसाधरणलाई एक सय रुपियाँ प्रवेश शुल्क तोकिएको छ ।

क्यानले ‘माघ १४ गतेलाई बिजनेस डेका रुपमा घोषणा गरेको छ । त्यस दिनको लागि सम्पूर्ण अवलोकनकर्ताले एक सय रुपियाँ प्रवेश शुल्क तिर्नुपर्ने छ । क्यानका अनुसार ‘उक्त दिन विषेशगरी बिजनेस हाउसेजहरूले आफ्नो व्यापार प्रवर्दधनको लागि विभिन्न डिलर र भेन्डरहरूसँग प्रत्यक्ष रूपमा बिजनेस डिल गर्न सक्नेछन् ।

मेलामा ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई जोड दिइने आयोजकले जनाएको छ । जसअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट सेवामा विशेष सहुलियतसहित द्रुत गतिको इन्टरनेट प्रमुख आकर्षण बन्नेछन् । साथै, टेलिफोन तथा मोबाइल फोन कम्पनीहरूले पनि आकर्षक अफर लिएर आउँदै छन् ।

बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामग्रीहरू पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा आउने छन् ।

Advertisement

Advertisement

Advertisement