वर्षेनी स्वासप्रस्वासजन्य रोगबाट साढे छ लाखको मृत्युः विश्व स्वास्थ्य संगठन

Advertisement

जेनेभाः विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ ।

विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे छ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ ।

मौसमी इन्फ्लुएन्जाका कारण स्वासप्रस्वाजन्य रोगको प्रकोप बढ्ने गरेको र यस्तो रोगबाट वर्षेनी ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको सो प्रतिवेदनमा जनाइएको छ ।

यस्तो इन्फ्लुयन्जा वर्षेनी कैयौँ देशमा महामारीका रुपमा देखापर्ने र यसका कारण धेरै मानिसमा संक्रमण पनि हुने गरेको जनाइएको छ ।

यस्तो संक्रमणबाट विशेषगरी विश्वका कम आय तथा स्वास्थ्य सुविधा भएका विश्वका तेस्रो विश्वका मुलुकहरु बढी जोखिममा पर्ने गरेको पाइएको छ ।

यसरी इन्फ्लुएन्जाबाट संक्रमित हुनेमा मुटुसम्बन्धी समस्या पनि देखा पर्ने गरेको तथ्य पनि भेटिएको सो प्रतिवेदनमा पाइएको छ ।

वातावरणीय प्रदुषण, फोहोर, स्वस्थ्य खानेपानीको समस्याजस्ता समस्या ती देशमा बढी हुने गरेकोले ती देशका नागरिकहरु नै यस्तो समस्याबाट बढी पीडित हुने गरेका पाइएको सो समाचारमा जनाइएको छ ।

यस्तो समस्याका कारण विशेषत पाँच वर्ष मुनिका बालबालिकामा पनि निमोनिया, बाथ र मुटुको रोगहरु देखापर्ने गरेको पाइएको पनि उक्त प्रतिवेदनमा देखाइएको छ ।

विश्व स्वास्थ्य संगठनले यो अवस्था अत्यन्तै दुःखद हो भन्दै यस्ता समस्याको समाधानका लागि विश्वका देशहरुले आ–आफ्नो तवरबाट लाग्नुपर्नेमा जोड दिएको छ ।

साथै उक्त संगठनले यसरी यो अवस्थाको निराकरणका लागि विश्वका विभिन्न देशहरुले पनि आ–आफ्नो स्थानबाट लागि परेर काम गर्नुपर्नेमा भन्दै यसका लागि विश्वका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement