नागरिकता नपाएकाहरुको बारेमा छलफल गर्न अर्को साता गोष्ठी आयोजना गरिँदै

Advertisement

काठमाडौंः राजधानीमा नागरिकतासम्वन्धी राष्ट्रिय गोष्ठीको आयोजना हुने भएको छ । महिला, कानुन तथा विकास मञ्चद्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा पुस ६ गते उक्त गोष्ठी आयोजना गर्ने जानकारी दिइएको हो ।
नागरिकतासम्वन्धी विद्यमान अप्ठ्याराहरूलाई कसरी सम्वोधन गर्ने भन्ने विषयमाथि नव निर्वाचित सांसदहरूसँग व्यापक छलफल र देशभरका नागरिकता नपाएर पीडित नागरिकसँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया गरिने मञ्चमा आवद्ध अधिवक्ता सुजना महर्जनले जानकारी दिइन ।

उनले गोष्ठीमा विभिन्न क्षेत्रका विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने, नागरिकताको विषयमा नाटक पनि प्रदर्शन गर्ने तयारी दिइन । देशभरका एकसय भन्दा बढि प्रतिनिधिको सहभागी रहने सो गोष्ठीबाट निष्किएको निष्कर्ष समेत समेटेर घोषणापत्र पनि सार्वजनिक गर्ने मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष मिरा ढुङ्गानाले नागरिकता सम्वन्धी समस्या तराईदेखि हिमाली उच्च भेगसम्म पनि उत्तिकै छ, यस देशका नागरिकलाई राज्यले प्रदान गर्ने सबै खाले सुविधादेखि उनीहरूको मानवअधिकारको रक्षाको लागि पनि नागरिकतासम्वन्धी समस्या समाधानका सामुहिक पहल आवश्यक भएर सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement