प्रचण्डसँग छलफल गरेपछि ओलीले राष्ट्रपति भेटे

Advertisement

काठमाडौंः एमाले अध्यक्ष केपी ओलीले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी भेटवार्ता गरेका छन् । दुवै भेटमा सरकार गठन र राष्ट्रिय सभा गठनका विषयमा छलफल भएको जनाइएको छ ।

ओली र प्रचण्डबीच दिउसो भेटघाट भएको थियो । दुई नेताबीच समसामयिक राजनीतिक विषयका साथै पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए ।

ओली र राष्ट्रपतिको भेट साँझमा भएको थियो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार निर्वाचनपछिको राजनीतिक परिस्थिति र मुलुकको आर्थिक समृद्धिका लागि दलीय सहकार्यलगायत विषयमा कुराकानी भएको थियो ।

Advertisement

Advertisement

Advertisement