सिटिजन्सको 'स्ट्रक्चर्ड फिक्स डिपोजिट' नयाँ मुद्दती योजना

Advertisement

काठमाडौं: सिटिजन्स बैंक लिमिटेडले नयाँ मुद्दती बचत खाताको योजना 'स्ट्रक्चर्ड फिक्स डिपोजिट' सञ्चालनमा ल्याएको छ ।

व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात १ लाख राखिएको छ । ८ महीनादेखि १८ महीनासम्मको समयावधि रहेको यस योजनामा ९ दशमलव ५ प्रतिशत वार्षिक ब्याजदर रहेको छ । त्यस्तै, बैंकले त्रैमासिक रूपमा ब्याज उपलब्ध गराउने पनि बताएको छ ।

बैंकले हिजो जारी गरेको बिज्ञप्ति अनुसार हाल देशका १४ अञ्चलमा रहेको ६७ ओटा शाखाबाट यो सुविधा उपलब्ध हुने छ ।

Advertisement

Advertisement

Advertisement