बधाई दिँदै राजेशले ओलीलाई भने– राष्ट्रियताको अडानबाट हामी उत्साहित छौं, अब विकास गर्नुहोस

Advertisement

भक्तपुरः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो दल बन्न सफल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बधाई दिनेहरुको लाभालस्करमा नायक राजेश हमाल पनि पुगेका छन् । शनिबार बिहानै उनी ओलीलाई बधाई दिन पुगेका हुन् ।

पार्टी एकताको लक्ष्यसहित एमाले र माओवादी केन्द्रको वामगठवन्धन बनाएर प्रतिनिधिसभामा झण्डै दुईतिहाई बहुमत ल्याउने चरखरमा रहेका गठवन्धनका नेतृत्वकर्ता ओलीलाई बधाई दिन नायक हमाल उनकै निवाल बालकोट पुगेका हुन । ओलीलाई बधाई दिन व्यवसायीदेखि राजनीति नेता, कार्यकर्ता, नागरिक समाजका प्रतिनिधिहरुको बालकोटमा भीड लाग्ने गरेको छ ।

हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको यात्रामा अगाडि बढाउन शुभकामना दिएको ओलीको सचिवालयले जानकारी दिएको छ । ओलीको राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको भन्दै हमालले अब देश विकासमा लाग्न आग्रह गरे ।

अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताए । उनले भने, ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु । देश र जनताका निम्ति मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’

ओलीले चलचित्रका नायकहरुले चलचित्रमा अभिनय मात्र होइन कि देश बनाउनका लागि साँच्ची नै भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘देश निर्माणका लागि अभिनय मात्र होइन तपाईंहरुबाट साँच्चीकै सहयोगको अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement