निर्जिवन बीमा कम्पनीहरुको पनि छुट्टै संगठन, राजेन्द्र मल्ल अध्यक्ष

Advertisement

काठमाडौंः बीमा कम्पनीहरुको संगठन हुँदाहुँदै निर्जिवन बीमा कम्पनीको छुट्टै संगठन बनाइएको छ । नवगठित निर्जिवन बीमा कम्पनीको अध्यक्षमा राजेन्द्र मल्ललाई चयन गरिएको छ ।

निर्जिवन बीमा कम्पनीहरुमा लगानी गर्ने व्यवसायीहरुको छाता संगठन बनाउन र यस्ता कम्पनीहरुको हकहितका लागि आवाज उठाउन संघ बनाइएको जनाइएको छ । निर्जिवन बीमा व्यवसायी संघको पहिलो र दोस्रो संयुक्त साधारणले नयाँ कार्यसमिति बनाएको हो ।

साधारणसभाले संघको अध्यक्षमा प्रभु इन्स्योरेन्सका राजेन्द्र मल्ललाई, उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका मनोहरदास मूललाई, महासचिवमा नेको इन्स्योरेन्सका रमेश निरौलालाई, कोषाध्याक्षमा युनाइटेड इन्स्योरेन्सका विजय श्रेष्ठलाई, सदस्यहरुमा हिमालयन जनरल इन्स्योरेन्सका महेन्द्रकृष्ण श्रेष्ठ, सिद्धार्थ इन्स्योरेन्सका पवन अग्रवाल र प्रिमियर इन्स्योरेन्सका बालकृष्ण श्रेष्ठलाई चयन गरेको छ ।

Advertisement

Advertisement

Advertisement