प्रिमियर लिगमा सिटीको दबदवा कायमै, टोटनह्याम ४-१ ले पराजित

Advertisement

एजेन्सीः इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रा १६ औं खेल सम्म कायम राखेको छ । गए राति भएको खेलमा सिटीले टोटनह्याविरुद्ध ४-१ गोलको सानदार जित निकाल्दै किर्तिकानी जित दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीले १४ औं मिनेटमा गुन्डोगोनको गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १ गोल गरेको सिटीले दोस्रो हाफमा अन्य गोल थप्यो ।

दोस्रो हाफको ७० औं मिनेटमा केभिन डि बु्रयेनले तथा रहिम स्टर्लिङले ७९ औं र ९० औं मिनेटमा गोल गरेपछि सिटीले सानदार जित निकालेको हो । खेलको इन्जुरी समयमा टोटनह्यामको लागि एरिक्सनले गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन ।

जितसँगै सिटी लिगमा १८ खेलबाट ५२ अंकका साथ शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको भन्दा सिटी १४ अंकले अगाडी रहेको छ । युनाइटेडको भने १७ खेलबाट ३८ अंक रहेको छ ।

हारसँगै टोटनह्याम ३१ अंकसहित लिगको सातौं स्थानमा छ ।

Advertisement

Advertisement

Advertisement