एनआईसी एसियालाई ३० लाख युनिट ऋणपत्र निष्कासन गर्न सेबोनको अनुमति

Advertisement

काठमाडौँ: नेपाल धितो पत्र बोर्ड (सेबोन) ले एनआईसी एसियालाई ३० लाख युनिट ऋणपत्र निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।

प्रति युनिट एक हजार रुपियाँ तोकिएको उक्त ऋणपत्रको विक्रीप्रवन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

उक्त ३ अर्ब रुपियाँको ऋणपत्र मध्ये ६० करोड रुपियाँबराबरको सर्वसाधारणलाई जारी हुनेछ भने दुई अर्ब ४० करोड रुपियाँ बराबरको ऋणपत्र एनआइसी एसियाले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्ने जनाएको छ ।

ऋणपत्र तोकिएको दर र समयमा सावाँ ब्याज भुक्तानी गर्ने सर्तमा जारी गरिएको एक प्रकारको धितोपत्र हो ।

लगानीकर्ताले लगानी गरेको रकमका आधारमा तोकिएको ब्याज पाउँछन् । बैंकहरुले ऋणपत्र प्राय: आफ्ना थप पुँजी निर्माणका लागि गर्ने गर्दछन् ।

Advertisement

Advertisement

Advertisement