आपूर्ति बढेसँगै तरकारीको मूल्यमा ५० प्रतिशतसम्म गिरावट

Advertisement

काठमाडौंः विगत केहि समयदेखि आकासिएको तरकारीको भाउमा पछिल्लो समय गिरावट आएको छ । दशैं अघिदेखि बढ्दै गएको तरकारीको मूल्य पछिल्लो एक हप्तामा ५० प्रतिशतले कमि आएको तरकारी व्यावसायी बताउछन् ।

देशका विभिन्न स्थान तथा भारतबाट आउने तरकारीको आयात बढेसँगै मूल्यमा गिरावट आएको कालिमाटी तरकारी व्यावसायी भगवान चन्द्र उप्रेतिले बताए । उनले भने उपत्यकामा दैनिक सात सय ५० टन तरकारी आउन थालेकाले मूल्यमा गिरावट आएको हो । पहिले भने दैनिक तीन सय टनमात्र तरकारी मात्र कालिमाटी तरकारी बजारमा भित्रिने गरेको थियो । जसकारण तरकारीको मूल्य वृद्दि भएको थियो ।

उपत्यकामा भारतीय तरकारीलेमात्र ४५ प्रतिशत बजार ओगटेको छ । हाल दैनिक आइरहेको सात सय ५० टन तरकारीमध्ये तीन सय टन तरकारी भारतबाट आइरहेको उप्रेतिले बताए ।

हाल आलु, काउली, गोलभेडा, खुर्सानी, बन्दा, प्याज भेँडे खुर्सानी लगाएतका तरकारी भारतबाट आइरहेको छ । उनका अनुसार स्थानिय उत्पादनका तरकारी भन्दा भारतीय तरकारी ५० प्रतिशत सस्तो भएकाले पनि मूल्यमा गिरावट आएको हो ।

अहिले २२ रुपियाँ थोक मूल्यमा प्रति किलो पाइने गोलभेडा दुई हप्ता अगाडीसम्म एक सय १० रुपियाँ पथर्यो । साथै, काउली, बन्दा, भेँडे खुर्सानी प्रति किलो क्रमशः ३० रुपियाँ, २५ रुपियाँ र ४० रुपियाँमा झरेको छ ।

खुद्रा बजारमा भने तरकारीको भाउ अपेक्षित रुपमा घट्न सकेको छैन ।

तर, नेपाल पुरै भारतमा निर्भर भएकाले प्याजको भाउमा भने कमि अपेक्षि रुपमा कमि आएको छैन् । प्याजको मूल्य प्रति किलो ८५ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement