एसीसी यु-१६ क्रिकेटः सिंगापुरलाई हराउँदै नेपालले जित्यो उपाधि

Advertisement

काठमाडौंः थाइल्याण्मा भएको एसीसी यु-१६ क्रिकेट इस्टर्न रिजन प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

थाइल्याण्डको टेर्ड थाइ मैदानमा टस जितेर सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ३८ ओभरमा छ विकेट गुमाएर सिंगापुरलाई एक सय ८४ रनको लक्ष्य दिएको थियो ।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन मात्र बनाएपछि नेपालले उपाधि जितेको हो ।

नेपालका लागि सूर्य तामाङ र अजयकुमार लोहियाले तीन- तीन विकेट लिएपछि सिंगापुरका ब्याट्सम्यान चल्न सकेनन् । साथै, नारायण जोशी र कुशल मल्लले पनि उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित तर्फ अगाडी बढाएका थिए ।

नेपालका लागि भने राजन मगरले २१, सुवास ऐरले २२, विशाल बिक्रम केसीले ६३ रन बनाएपछि नेपालले सम्मान योग्य रन जोडेको थियो । साथै, त्रितराजले १९, सुनिलले १५ तथा नारायणले ४६ रन बनाएका थिए ।

Advertisement

Advertisement

Advertisement