आरविवि मर्चेन्टको प्रमुख कार्यकारी अधिकृतमा डा. भण्डारी नियुक्त

Advertisement

काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । उनी बैंकको कार्यकारी प्रमुखमा चार बर्ष रहनेछन् ।

भण्डारीले पूंजी बजारको लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । उनले यसअघि राष्ट्रिय योजना आयोगको सार्वजनिक तथा निजी साझेदारी परियोजनामा परामर्शदाता तथा ग्रोमोर क्यापिटल मार्केट लिमिटेडमा नायब महाप्रवन्धकको रुपमा काम गरिसकेका छन् ।

आईतबार भएको पदभार समारोहमा आरविवि मर्चेन्ट बैंकिका संचालकहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल तथा देवेन्द्ररमण खनालको उपस्थिती रहेको थियो । साथै, निवर्तमान प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझी, राष्ट्रिय वाणिज्य बैंक आन्तरीक लेखापरीक्षण विभागका उपप्रमुख रणबहादुर चन्द्र, शाखा कार्यालय टेकुका प्रवन्धक पुष्पचन्द थापा लगायत पनि कार्यक्रममा उपस्थिती रहेको थियो

२०७४ साउन २९ गतेबाट कारोबार सुरु गरेको बैंकको हाल चुक्ता पूंजी १० करोड रुपियाँ रहेको छ । शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैंकको सेवा राष्ट्रिय वाणिज्य बैंकको ६९ जिल्लामा रहेका एक सय ७९ वटा शाखा कार्यालयबाट पनि बैंकको सेवा लिन सकिने छ ।

Advertisement

Advertisement

Advertisement