निगमको ६ अर्वको सेयर जारी हुँदै

Advertisement

काठमाडौँ: नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्व रुपियाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पुंजी वृद्धिको क्रममा रहको निगमले सर्वसाधरणबाट उक्त रकम जुटाउन लागेको हो । हाल निगमको चुक्ता पुंजी २९ करोड रुपियाँ छ । चुक्ता पुंजी वृद्धि गरेर २० अर्व रुपियाँ पुर्याउने निगमले जनाएको छ । निगमका अनुसार पुंजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा छलफल भइसकेको छ ।

'सेयर निष्कासन गर्ने सम्बन्धमा सबै निकाय सकारात्मक छन्,' निगममा कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराईले भने ।

निगमले वार्षिक साँढे खर्व रुपियाँको कारोबार गर्दै आएको छ । तर कम्पनीको चुक्ता पुंजी भने करोडमा मात्रै छ ।

पुंजी वृद्धिका लागि सर्वसाधरणका लागि ६ अर्व, रणनीतिक साझेदार (संस्थापक) का लागि ३ अर्व र नेपाल सरकारलाई ११ अर्व रुपियाँको सेयर जारी हुनेछ ।
यो समाचार आजको कान्तिपुरमा छ ।

Advertisement

Advertisement

Advertisement