बार्सिलोनासँग डीपोर्टिभो ४-० ले पराजित

Advertisement

एजेन्सीः स्पेनिस ला लिगा फुटबल अन्तर्गतको गए राति भएको खेलमा बार्सिलोनाले डीपोर्टिभोलाइ पराजित गरेको छ । बार्सिलोनाले डीपोर्टिभो ला कोरुनालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा स्वारेज र पाउलिन्होले समान दुई गोल गरेपछि बार्सिलोनाले फराकिलो जित निकाल्न सफल भएको हो । २९ औं मिनेटमा लुइस स्वारेजको गोलबाट अग्रता लिएको बार्सिलोनाको लागि ४१ औं मिनेटमा पाउलिन्होले गोल २-० को अग्रता बनाए ।

खेलको ४७ औं मिनेटमा स्वारेजले टोलीका लागि दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता झनै बढाए । ७० औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन् । ७५ औं मिनेटमा पाउलिन्होको गोलबाट क्लबले ४-० को फराकिलो जित निकालेको हो ।

जितसँगै बार्सिलोनाको लिगमा ४२ अंक भएको छ । उस्ले लिगमा छ अंकको अग्रता बनाएको छ । साथै, दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३६ अंक रहेको छ ।

Advertisement

Advertisement

Advertisement