आजदेखि इपीएल सुरु, पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्दै

Advertisement

काठमाडौंः एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिता पुस दुई (सोमबार) आजदेखि सुरु भएको छ । १२ दिनसम्म चल्ने उक्त प्रतियोगिता त्रिवि क्रिकेट मैदान किर्तिपुरमा छ टोलीहरुकाबीच एकआपसमा १९ खेलहरु हुनेछ ।

घरेलु क्रिकेट प्रतियोगितामध्येको ठुलो तथा राष्ट्रियस्तरको प्रतियोगिता इपीएल त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु भएको हो । सोमबार इपीएलको पहिलो खेलमा ललितपुर प्याट्रियोट्स र काठमाडौं किंग्स इलेभेनबीच चलिरहेको छ ।



दर्शकलाई खेल हेर्नका लागि टिकट शुल्क एक सय रुपियाँ र विद्यार्थीका लागि ५० रुपियाँ तोकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको लागि मैदानलाई आधुनिक प्रविधि तथा विषेश तरिकाले निर्माण गरिएको छ । मैदानमा थ्रीडी विज्ञापन म्याट जडानका साथै खेलाडीहरु बस्ने डगाउट अन्तराष्ट्रिय स्तरको बनाइएको छ । पेभेलियन, भीआईपी, भीभीआईपी र मिडीयोका लागि पनि छुट्टै व्याबस्था गरिएको छ ।

दर्शकहरुको मनोरञ्जनका लागि मनोरञ्जनात्मक कार्यक्रमको पनि व्याबस्था गरिएको जनाइएको छ । मैदानमा १६/९ फिटको एलईडी स्क्रिन, थर्ड अम्पाएर, साउण्ड सिस्टम लगाएतको व्याबस्था गरिएको छ ।

लिग चरणमा प्रत्येक टोलीले एक आपसमा खेलेर शीर्ष दुईमा रहने टोलीबीच पहिलो क्वालिफायर हुने छ भने अन्य दुई टोलीले दोस्रो क्वालिफयरमा मौका पाउनेछन् । क्वालिफयरमा जित निकाल्ने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले २१ लाख रुपियाँको पुरस्कार रासि पाउनेछन् ।

इपीएलमा सहभागी टोलीहरु
१) काठमाडौं किंग्स इलेभेन
२) चितवन टाइगर्स
३) पोखरा राइनोज
४) बिराटनगर वारियर्स
५) भैरहवा ग्यालडीयटर्स
६) ललितपुर प्याट्रियट्स

Advertisement

Advertisement

Advertisement