काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको गत असोज १० गते सम्पन्न २०औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अनुपातमा हकप्रद शेयर जारी गर्न ग्लोवल आइएमई क्यापिटल लिमिटेड सेयर निस्काशन तथा बिक्री प्रवन्धक नियुक्ती गरेको छ ।
सो सम्वन्धी सम्झौता पत्रमा सोमबार आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे ।
इो हकपद सेयरको निष्काशनपछि आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी ९७ करोड २० लाख पुग्नेछ । त्यसपछि बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पुँजी एक अर्ब दुई करोड छ लाख पु¥याउने गरी पुँजी बृद्धि योजना बीमा समितिमा पेश गरिएको जनाइएको छ ।
कम्म्पनीले गुणस्तरीय सेवामा वृद्धि गर्दै ग्राहकहरुलाई चुस्त सेवा प्रदान गर्नको लागि सात वटै प्रदेशमा शाखा सञ्चाल विस्तार गर्दै आएको छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शाखा तथा सम्पर्क कार्यालय साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा सम्पर्क कार्यालयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जनाएको छ ।