सिन्धु विकासको हकप्रद सेयर लिलामी बिक्री खुला, कहाँबाट भर्ने ?

Advertisement

काठमाडौं: सिन्धु विकास बैंकको आजदेखि हकप्रद सेयर बाट बिक्रि नभएको सात लाख ८ हजार ९७५ कित्ता सेयर लिलामीमा बिक्रीका लागि खुला गरेको छ ।
बैंकका अनुसार उसले संस्थापक समूहको पांच लाख ८७२.४० कित्ता र सर्वसाधाण समूहको एक लाख ४२ हजार १०२.६० कित्ता गरी कुल ७ लाख ८ हजार ९७५ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर पुस १२ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।

यसअघि सिन्धुले भदौ १८ देखि कात्तिक ५ गतेसम्म २० लाख ९७ हजार ५४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

असको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स तोकिएको छ र बैंकका शाखा कार्यालयहरु लगनखेल, ललितपुर र चिप्लेढुंगा पोखराबाट लिलामी भर्न सकिनेछ व्यवस्था गरिएको छ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

अहिले बैंकको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपियाँ छ । लिलामी सेयर बिक्री पछि भने बैंकको चुक्ता पुँजी ४७ करोड १९ लाख ४६ हजार ५०० रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement