राखीको रिसः सन्नी र विपासाले कण्डमको विज्ञापनमा खेल्दा रोक नलगाउने, मैले खेल्दा लगाउने ?

Advertisement

मुम्बईः आफूले कण्डमको विज्ञापनमा अभियन गर्नासाथ सूचना एवं प्रसारण मन्त्रालयले यस्ता विज्ञापनको प्रसारणमा रोक लगाएकोमा चर्चित भारतीय सेलिब्रटी राखी सावन्त आक्रोसित भएकी छन् ।

मन्त्रालयले दिउँसो टीभीमा कन्डमको विज्ञापन प्रसारण गर्न रोक लगाउने नियम ल्याएसँगै राखी रिसाएकी हुन । छिट्टै एक कन्डमको विज्ञापनमा खेल्ने तयारीमा रहेकी राखीले आफ्नो विज्ञापनको प्रसारणलाई अवसर गर्ने उद्देश्यले नियम ल्याइएको भन्दै असन्तुष्टि जनाएकी हुन् ।

राखीका फ्यानह नयाँ कन्डमको विज्ञापनमा उनलाई हेर्न उत्सुक रहेको बेला सरकारले एकाएक बिहान ६ बजेदेखि राति १० बजेसम्म यस्ता विज्ञापन प्रसारण गर्न नपाउने भनेपछि राखीको प्रतिक्रिया आएको हो ।

उनले आफूभन्दा पहिले सन्नी लियोन, बिपाशा वसु, करण सिंह ग्रोवर र रणवीर सिंहलगायतले खेलेको कन्डमको विज्ञापन प्रसारण भइरहँदा कुनै रोक नलगाउने र आफूले खेलेको विज्ञापन आउन लागेपछि एकाएक नयाँ नियम ल्याउने कुरामा गलत नियत रहेको बताएकी हुन ।

राखी भन्छिन, ‘मानिसहरुमा यौन सुुरक्षा र अनपेक्षित गर्भ रोक्न धेरैभन्दा धेरै कन्डमको विज्ञापन देखाउनुपर्ने बेला विज्ञापनमा रोक लगाउनु ठिक होइन । सरकारले सन्नी लियोन र विपाशा वसुको कन्डमको विज्ञापनमा त रोक लगाएको थिएन । जब मैले कन्डमको विज्ञापन खेलेको थाहा पाए, अनि यसको विज्ञापन प्रसारणमा बन्देज लगाइयो । के सरकार मसँग डराएको हो ? हेर्दै नहेरी मैले खेलेको विज्ञापनसँग किन दुस्मनी ? के यस्ता विज्ञापनमा रोक लगाएर सरकार दिउँसो कसैलाई यौनसम्बन्ध राख्न पनि रोक्न सक्छ ?

कण्डको प्रयोग र महत्वबारे मानिसहरुलाई जानकारी दिन मात्रै नभएर एड्सको संक्रमणबाट बच्न पनि कण्डमको विज्ञापन बज्नु जरुरी रहेको भन्दै उनले विज्ञापनमा रोक लगाउने कुराले झन बिकृति बढने बताइन ।

राखीले थपिन, ‘कन्डमको विज्ञापन रोक लगाउँदा युवाले कन्डमबिना यौनसम्बन्ध राख्नेछन् । यसले अर्को समस्या सिर्जना हुन्छ । सरकार नै उनीहरुलाई एड्स लागोस् भन्ने पक्षमा त होइन ? उनी विवादास्पद अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने गर्छिन ।

Advertisement

Advertisement

Advertisement