सिद्धार्थ बैंक र पोखरा फाइनान्सलाई हकप्रद सेयर जारी गर्न अनुमति

Advertisement

काठमाडौँ: नेपाल धितोपत्र बोर्डले (सेवोन) ले सिद्धार्थ बैक र पोखरा फाइनान्सलाई आ-आफ्नो कम्पनीको हकप्रद सेयर जारी गर्न अनुमति प्रदान गरेको छ ।

अनुमति अनुरुप बैंकलाई सेवोनले १०:१ अर्थात् १० प्रतिशत हकप्रद सेयरको लागि अनुमति दिएको हो भने पोखरा फाइनान्सलाई १:०१५ अर्थात् (१५) प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको हो ।

सिद्धरथाले ६८ लाख २६ हजार युनिट कित्ता हकप्रद सेयर जारी गर्दै छ । यसको न्युनतम मूल्य प्रति कित्ता १०० रुपियाँ राखिएको छ ।
यसको विक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स रहेको छ ।
बैंकको यस हकप्रद सेयर जारी पछि उसको चुक्ता पुंजी ६.८२ अर्वबाट ७.५० अर्व पुग्नेछ ।

त्यस्तै, पोखरा फाइनान्सको विक्री प्रवन्धकमा एनआइविएल क्यापिटल रहेको छ ।
पोखराले साउन २९ गते मात्रै २१ करोड ६४ लाख रुपियाँको २२० रुपियाँ प्रतिकित्तामा एफपीओ जारी गरेको थियो ।

Advertisement

Advertisement

Advertisement