सेयर बजारमा गिरावट झन बढ्दै, लगानीकर्ता चाहान्छन वामगठवन्धनको दृष्टिकोण

Advertisement

काठमाडौंः दुई सातादेखि लगातार जसो गिरावट भएको सेयर बजारमा आज पनि भारी गिरावट देखिएको छ । सेयर बजार परिसुचक नेप्से १४ दशमलव ४९ अंकले झरेर एक हजार ४९३ दशमलव ७६ अंकमा आइपुगेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नजिता आएसँगै घट्न सुरु गरेको बजारमा सुधार आउनुको सट्टा झन गिरावट आएको हो । बहुमतको स्थिर सरकार बन्ने स्थिति सिर्जना भएको बेला बजार झन बढ्नुपर्नेमा घट्नुलाई विश्लेषकहरुले वामअर्थतन्त्रप्रति लगानीकर्तामा देखिएको विश्वासनियताको कमीको रुपमा लिएका छन् ।

एमाले र माओवादी केन्द्र सम्मिलित वामगठवन्धनले बजारमा देखिएको नकारात्मक प्रभावका बारेमा आफ्नो कुनै धारणा सार्वजनिक नगर्दा बजार झन अन्योलग्रस्त बन्दै गएको छ । धेरै लगानीकर्ता वामगठवन्धनले लिने आर्थिक नीतिलाई पर्ख र हेरको अवस्थामा बस्दा कारोबारमा समेत कमी आएको छ ।

आज सेयर बजारमा ५८ करोड रुपियाँको मात्रै कारोबार भएको छ, जुन निकै न्यून हो । आज सबै समूहको उपसुचकहरु घटेरको छ । जसमा सबैभन्दा बढि अन्य समूहको उपसुचक झण्डै चार प्रतिशतले झरेको छ भने होटल र वित्त समूहको उपसुचक एक प्रतिशतभन्दा बढिले घटेका छन् । बाँकी समूहको उपसुचकको गिरावट एक प्रतिशतभन्दा कमको छ ।

Advertisement

Advertisement

Advertisement