सेन्ट्रल फाइनान्स ५० प्रतिशत हकप्रद पुस २३ गतेबाट

Advertisement

काठमाडौँ: सेन्ट्रल फाइनान्स लिमिटेडले १०:५ को अनुपातमा अर्थात् ५० प्रतिशतको हकप्रद जारी गर्ने भएको छ । उसले २६ लाख तीन हजार ३१४.०७५ युनिट हकप्रद सेयर जारी गर्न लागेको हो ।

जसको मूल्य २६ करोड बराबरको रहेको छ। उक्त हकप्रद भर्ने समय पुस २३ गतेबाट माघ २८ गतेसम्म रहनेछ । पुस ३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो सेयर भर्ना सक्नेछन् सेन्ट्रलको बुक्लोज पुस ४ गते भएको हो । यसको न्युनतम प्रति सेयर मूल्य सय रुपियाँ रहेको छ ।

एनआइबिएल क्यापिटल मार्केट्स यसको विक्री प्रवन्धक रहेको छ । इच्छुक लगानीकर्ताले एनआइबिएल क्यापिटल मार्केट्स लाजिमपाठ, एनआइबिएल बैंक र सेन्ट्रलको शाखा रहेको स्थानबाट भर्न सकिनेछ।

५० प्रतिशत हकप्रद सेयर जारीपछि सेन्ट्रलको कुल चुक्ता ५२ करोड ८६ लाखबाट ७८ करोड ९ लाख पुग्नेछ । यसले यस वार्हको पहिलो त्रैमासमा २१ लाख ४१ हजार नाफा कमाएको छ । सेन्ट्रलको अन्तिम सेयर कारोबार मूल्य १४५ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement