तीन लाखको अवैध काठ बरामद

Advertisement

सिमराः बाराको महेन्द्रनगरबाट ठूलो परिमाणमा सालको अवैध काठ बरामद गरिएको छ ।

हलखोरिया साझेदारी वन व्यवस्थापन समिति तथा इलाका प्रहरी कार्यलय सिमरा र सशत्र प्रहरी बल पिलुवाको संयुक्त टोलीले तीन लाख रुपियाँ बराबरको सो चिरान काठ बरामद गरेको हो ।

महेन्द्रनगरको एउटा घरबाट सो काठ बरामद गरिएको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र सिंहले जानकारी दिए । काठ लुकाउने व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताए ।

Advertisement

Advertisement

Advertisement