बर्नमाउथलाई पराजित गर्दै चेल्सी 'इफएल' कपको सेमिफाइनलमा

Advertisement

एजेन्सीः इंग्लिश लिग कप फुटबल (इफएल) अन्तर्गतको खेलमा चेल्सी सेमिफाइनल प्रवेश गरेको छ । गए राति भएको खेलमा चेल्सीले बर्नमाउथलाई २-१
गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन विलियन र अल्भारो मोराटाले गोल गरे । चेल्सीका लागि विलियनले १३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । खेलको ९० औं मिनेटमा बर्नमाउथका गोस्लिङले गोल गर्दै खेललाई १-१ को स्थितीमा पुर्याए ।

मोराटाले इन्जुरी समयमा गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए । जितसँगै चेल्सी इफएलको सेमिफाइनल प्रवेश गरेको छ । अब चेल्सीले फाइनलमा स्थान सुरक्षित गर्नका लागि सेमिफाफाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

Advertisement

Advertisement