आउने भयो कर्णाली विकास बैंकको २२५ प्रतिशत हकप्रद सेयर, सेवोनले दियो अनुमति

Advertisement

काठमाडौँ: नेपाल धितोपत्र बोर्डले कर्णाली विकास बैंक लिमिटेडलाई १:२.२५ अर्थात २२५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति प्रदान गरेको छ ।
सय रुपियाँप्रति कित्तामा बैंकले ३३ लाख ९७ हजार युनिट हकप्रद सेयर ३३ करोड ९७ लाख मुल्यमा आफ्ना सेयरधनीहरुलाई
विक्री गर्न लागेको हो ।

प्रभु क्यापिटल लिमिटेड यसको विक्री प्रवन्धक रहेको छ । बैंकको गएको २०७४ असार ३ गते बसेको बिशेष साधारण सभाबाट उक्त दरमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारीत गरेको थियो ।

बैंकको हालको चुक्ता पूँजी १५ करोड १० लाख छ भने हकप्रद जारी भएपछी ४९ करोड ७ लाखबढी पुग्नेछ । बैंकले यस आवको पहिलो त्रैमासमा एक करोड ६९ लाखको खुद नोक्सान देखिएको छ । बैंकको अन्तिम सेयर कारोबार मूल्य २६५ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement