नेपाल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनका लागि अनुमति माग्यो

Advertisement

काठमाडौँ: नेपाल इन्स्योरेन्स कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद सेयर निष्कासनका लागि सेबोनमा निवेदन दिएको छ ।

कम्पनीले पुस ४ गते सो निवेदन दिएको हो । कम्पनीले १ बराबर १ अनुपातमा एक सय रुपियाँ अङ्कित दरको ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद सेयर निष्कासन गर्नको लागि निवेदन दिएको हो ।

यसको विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी १ अर्ब पुर्याउन निर्देशन दिएको छ । हाल कम्पनीको चुक्तापूँजी ३० करोड १९ लाख ८९ हजार रहेको छ ।

Advertisement

Advertisement

Advertisement