काठमाडौँ: दलहरुबीच राष्ट्रिय सभा अध्यादेश लगायतका बिषय दूरी बढिरहेको अवस्थामा विहिबार निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको नतिजा साँझसम्ममा सार्वजनिक गर्ने जनाएको छ।
आयोगका प्रवक्ता नवराज ढकालका समानुपातिकतर्फको नतिजा घोषणा आजै साँझसम्ममा गर्ने तयारी छ ।
प्रदेशसभाका कुल ५५० सिट मध्ये २२० सिट समानुपातिक प्रणालीबाट छनौट हुनेछ भने प्रत्यक्ष तर्फको ३३० सिटको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ।
समानुपातिकबाट प्रदेश १ मा ३७ सिट, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ जना प्रदेशसभा सदस्य चयन हुने छन्।
प्रतिनिधि सभातर्फको समानुपातिक नतिजा पनि छिटै सार्वजनिक गर्ने आयोगले जनाएको छ। प्रतिनिधि सभातर्फ समानुपातिकबाट ११० जना सांसद चयन हुने छन्। प्रदेश सभातर्फको नतिजा नआउँदा राष्ट्रिय सभा गठनमा समेत ढिलाई भइरहेको छ।