बलियो घर बनाउन सहयोग गर्ने मोबाइल एप सार्वजनिक

Advertisement

काठमाडौँ: घर बनाउने सोचमा हुनुहुन्छ ? वा कसरी बनाउने भनेर सोचमा पनि हुनुहुन्छ होला । यसो हो भने तपाइंलाई अव तपाइले नियुक्त गर्ने ठेकेदार र इन्जिनियरसंगै आफ्नो सल्लाह पनि राख्न सक्नुहुनेछ र आफ्नो घर कसरी बलियो बनाउने भन्ने बारे जान मन छ भने अव चिन्ता नगर्नुहोस, किनकि तपाइलाई सहयोग गर्नेछ घर बनाउन सहयोग गर्ने मोबाइल अप्प्लिकेसनले । त्यो एपको नाम हो 'हाम्रो घर मोबाइल एप' ।

त्यसैले, यसको सजिलो समाधान निकालेको छ जगदम्बा सिमेन्टले। जगदम्बाले सार्वजनिक गरेको हाम्रो घर मोबाइल एपले घर निर्माणको विषयमा हरेकको जिज्ञासा मेटाउँछ। यो एप घर निर्माणसम्बन्धी काम गर्ने इन्जिनियर, कन्ट्र्याक्टरलगायत सम्पूर्ण उपभोक्ताका लागि अत्यन्त उपयोगी छ।

नेपालमा पनि प्रविधिको प्रयोगका कारण नेपाली जनमानसको जीवनस्तर सहज र समृद्ध बनाउने उद्देश्यले जगदम्बा सिमेन्टले हालै मात्र हाम्रो घर यो एप बजारमा ल्याएको हो। घर निर्माणका लागि चाहिने निर्माण सामग्रीको छनोट, घर निर्माण गर्न घरको लागत, भूकम्पप्रतिरोधी घर निर्माण प्रक्रियालगायत दैनिक उपयोगी सामग्री यो एपमा छन्। जग्गाको क्षेत्रफल निर्धारण, कम्पासलगायतका सेवा एपले प्रदान गर्नेछ। एपमा निम्न विशेषता छन्।

Advertisement

Advertisement

Advertisement