आज पनि दोहोरो अंकले झर्यो नेप्से, लगानीकर्तामा निराशा थपिँदै्

Advertisement

काठमाडौंः गएको तीन सातादेखि लगातारजसो घट्र्दै आएको सेयर बजारमा आज बिहीबार भारी गिरावट जारी रह्यो । सेयर बजार परिसुचक नेप्से १२ दशमलव ३२ अंकले झरेर एक हजार ४७२ दशमलव १५ अंकमा आइपुगेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै घट्न सुरु गरेको बजार सुधार नआउँदा विशेषगरी सर्वसाधारण लगानीकर्तामा निराशा बढ्दै गएको छ । निर्वाचन परिणामपछि बजार घट्नुलाई बहुमतको सरकार बनाउने तयारीमा जुटेको एमाले–माओवादी केन्द्रको वामगठवन्धनले अघि बढाउने वाम–अर्थतन्त्रप्रति लगानीकर्ताको आशंका र अविश्वास हुनसक्ने विश्लेषकहरुको भनाई छ ।

लगानीकर्ताहरु वाम सरकारको नीति पर्ख र हेरको अवस्थामा रहेकाले बजारमा कारोबार समेत ह्वात्तै घटेको छ । आज करिव ४८ करोड रुपियाँको मात्रै सेयर किनबेच भयो । अघिल्ला दिनहरुमा सबै समूहहरुको उपसुचक ओरालो लागेकोमा आज उत्पादनमूलकबाहेकका समूहको उपसुचकहरु घटेका छन् ।

Advertisement

Advertisement

Advertisement