धितोपत्र व्यवसायीसँगको भेटमा ओलीले भने - कम्युनिष्ट शासन आउँछ भनेर बजार प्रभावित  पार्नेलाई चिनौं

Advertisement

काठमाडौँ: नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको विजयपछि मुलुकको धितोपत्र बजार प्रभावित पार्न चलखेल गर्नेको पहिचान गरी उचित सम्बोधन गरिने बताएका छन् ।

धितोपत्र कारोवारमा संलग्न व्यवसायीसँग आज आफ्नो निवास बालकोटमा भएको भेटवार्तामा पूर्वप्रधानमन्त्री ओलीले भने, “धितोपत्र बजारलाई बढी व्यवस्थित र प्रभावकारी बनाउन हामी प्रतिबद्ध छौँ । अनावश्यक हल्ला र चलखेलको पछाडि लाग्नु जरुरी छैन ।” पूँजी बजारलाई थप व्यावहारिक र मर्यादित तथा लगानीमैत्री बनाउन आफूहरुका तर्फबाट विशेष योगदान हुने वचन दिए ।

भेटमा सहभागी नेपाल स्टक ब्रोकर्स संघका अध्यक्ष प्रियराज रेग्मीले पूँजी बजारलाई सरकारले विशेष प्राथमिकता राख्नुपर्ने तथा पूँजी परिचालन, रोजगारी एवं आर्थिक विकासमा टेवा पु¥याउनुपर्नेमा अध्यक्ष ओलीको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

संघले नियमकानून बनाउन र लागू गर्न सहज बनाउने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डलाई स्वायत्त बनाउनुपर्ने तथा धितोपत्र कारोवारलाई थप सरल र सहज बनाउन अनलाइन प्रणाली सञ्चालन गर्नुपर्ने, धितोपत्र बजारलाई थप मर्यादित र व्यवस्थित बनाउँदा उत्पादन र रोजगारी बढाउनुपर्ने तथा धितोपत्र बजारमा गैरआवासीय नेपालीको समेत लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको थियो ।

सातामा घट्यो ४८ विन्दु

नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस सातामा शेयर बजार ४८ अंकले घटेको छ । लगातार घट्दै आएको बजार आज पनि दोहोरो अंकले घटेको छ । एक्स्चेञ्जका अनुसार १२.३२ बिन्दुले घटेको बजार एक हजार ४७२ विन्दुमा पुगेको छ ।

Advertisement

Advertisement

Advertisement