गण्डकीको हकप्रद सेयर आजबाट बिक्री खुला, माघ ११ गतेसम्म आबेदन दिन पाईने

Advertisement

काठमाडौं : गण्डकी विकास बैंकको आज शुक्रबारबाट हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले २५ प्रतिशत (४ः१ अनुपातमा) १०० रुपियाँ अंकित मूल्यको ४६ लाख ९ हजार ८१५.५ कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद सेयर माघ ११ गतेसम्म भर्न पाइने बैंकले जनाएको छ ।
गण्डकीको यस हकप्रदमा मंसिर १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं र गण्डकी विकास बैंकको चिप्लेढुङ्गा पोखरा तथा यसका अन्य शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।
त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र तुलसीपुर शाखा कार्यालय र आस्वा सेवामा सहभागी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल यो बैंकको चुक्ता पुँजी १ अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपियाँ छ । हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ५५० रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement