अभिनयका क्रममा धेरै लात्ती र झापड खाइयो - केकी अधिकारी

Advertisement

काठमाडौंः चलचित्रमा अभिनय गर्दा कतिपय अप्ठ्यारा दृश्यमा प्रविधिको सहायता लिइने गरिन्छ । तर, 'राज्जा रानी'मा भने कलाकारले रियलमै जोखिम मोलेर अभिनय गरेको बताएका छन् ।

पुस २१ गतेबाट देशभरमा प्रदर्शनमा आउन लागेको चलचित्रको सुटिङका क्रममा नायिका केकी अधिकारिले कैयौं पटक लात्ती र झापड खाएको बताएकी छिन् ।

प्रदर्शनको मिति नजिकीदै गर्दा देशदौडाहामा रहेको चलचित्र युनिट हाल जनकपुर, बिरगञ्ज, नेपालगञ्ज र पोखरा लगाएतका शहरहरुमा पुगिसकेको छ । केकीले बिराटनगरमा पत्रकारहरुसँग माझ चलचित्रमा अभिनय गर्दाको दुःख सम्झिदै अभिनय गर्दा रियलमै धेरैपटक लात्ती र झापड खाएको बताइन् ।

तर, चलचित्र राम्रो बनेका कारण ती दुःखका दिन सबै बिर्सिएको केकीले बताएकी हुन् । साथै, नायक नाजीर हुसेनले पनि फिल्ममा अभिनय गर्दाको कष्ट बताए । उनले फिल्ममा कतैपनि कृत्रिमता नआवोस् भन्नका लागि केकी र मैले धेरै जोखिम मोलेको बताए ।

बाल बिवाह र दाइजो प्रथाको विषयमा निर्माण भएको यो चलचित्र नेपाली र मैथिली भाषामा एकसाथ प्रदर्शन हुँदेछ । यम थापाले निर्देशन गरेको ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

यो चलचित्रमा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

Advertisement

Advertisement

Advertisement