जंगली हात्तिले गर्दा मध्य र सुदूर पश्चिममा विद्युत कटौति गर्नुपर्योः कुलमान

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले कुसुम र कोहलपुरका बीच समशेरगञ्‍ज नजिक पर्ने १३२ केभी डबल सर्किट सस्पेन्सन टाइप प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्याएका कारण विद्युत प्रसारण हुन नसकी सुदूर र मध्य(पश्‍चिमका विभिन्न क्षेत्रमा नियमित विद्युत आपूर्तिमा केही अवरोध पैदा भएको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्धारा जारी विज्ञप्तिमा जंगली हात्तिले टावर नं. ४८५ क्षतिग्रस्त बनाएपछि सो संरचनाबाट विद्युत प्रवाह हुने १३२ केभी सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरमा नेपालबाट उत्पादित विद्युत प्रवाह गर्न सकिने अवस्था नरहेकोमा भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युत मात्र प्रवाह भइरहेकाले ती सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने विभिन्न क्षेत्रहरुमा पिक आवरका समयमा करिब १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने वाध्यता सिर्जना भएको उल्लेख गरिएको छ ।

टावरको वास्तविक क्षति जाँचगरी नयाँ टावर जडान वा अस्थायी व्यवस्था मिलाउन प्राविधिक टोली परिचालन गरी सकिएको भन्दै विज्ञप्तिमा उक्त ठाउँमा अस्थायी तथा स्थायी व्यवस्था अविलम्ब मिलाई विद्युत आपूर्ति नियमित बनाउन नेपाल विद्युत प्राधिकरण कटिबद्ध भई लागिपरेको व्यहोरा जानकारी गराएका छन् ।

Advertisement

Advertisement

Advertisement