चारा घोटाला प्रकरणमा बिहारका पूर्वमुख्यमन्त्री लालु दोषी ठहर

Advertisement

राँची (बिहार): चर्चित चारा घोटाला प्रकरणमा बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल –आरजेडी)का प्रमुख लालु यादवलाई अदालतले दोषी ठहर गरेको छ । लालुलाई अदालत परिसरबाट पक्राउ गरी जेल लगिएको छ ।

भारतीय रुपियाँ नौ अर्ब ५० करोडको उक्त घोटाला प्रकरणमा सीवीआई कोर्टले यादवसहित १५ जनालाई दोषी ठहर गरिएको हो । तर, उक्त अदालतले सोही घोटामा दोषी मानिएका बिहारका पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रासहित सात जनालाई भने दोषमुक्त गरेको छ ।

अब यस प्रकरणमा दोषी ठहरिएका लालुसहित १५ जनाको सजायँ आउँदो जनवरी ३ मा घोषणा हुनेछ । राँचीको केन्द्रीय जाँच ब्यूरोको शिवपाल सिंहको विशेष इजलाशले यो फैसला सुनाउने छ । सन् १९९० देखि १९९४ को बीचमा देवघर कोषागारबाट ८९ लाख २७ हजारको फर्जी गरेर पशुको चारा निकासी गरेको तथ्यबाट यस घोटाला बाहिर आएको हो । यसमा ३८ जनाको संलग्नताको आशंका गर्दै सीबीआईले सन् १९९७ मा मुद्दा दायर गरेको थियो । तर, मुद्दा हालेको २१ बर्षपछि यसको फैसला हुन लागेको हो ।

Advertisement

Advertisement

Advertisement