टुरिजम् डेभलपमेन्ट बैंकलाई एक्सिलेन्स एण्ड लिडरसिप अवार्ड र बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड

Advertisement

काठमाडौंः टुरिजम डेभलपमेन्ट बैंकले वल्र्ड एचआरडी कँग्रेस, इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, सीएमओ एवं स्टार्स अफ द इन्डष्ट्री ग्रुपले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विकास बैंक समूहबाट एक्सिलेन्स एण्ड लिडरसिप अवार्ड २०१७ र बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०१७ पाउन सफल भएको छ ।

विजेताहरुको छनौट सहभागी संस्थाहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा गरिएको जनाइएको छ । यस सम्मानबाट बैंकलाई हौसला प्राप्त हुनुका साथै भविष्यमा अझ राम्रो गर्नलाई थप प्रेरणा मिलेको बैंकले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

Advertisement

Advertisement

Advertisement