एनसेल मेलामा पोख्रेलीदेखि विदेशीसम्मले लिए मनोरञ्जन

Advertisement

पोखराः एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा पोख्रेली तथा विदेशी दर्शकहरुले मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्गटर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्ने उदेश्य सहित यो मेलाको आयोजना गरेको हो ।

ncell-mela-pokharaविविध मनोरञ्जनात्मक कार्यक्रमसहितको एकदिने एनसेल मेला विहान ११ बजेबाट सुरु भई विविध गतिविधि र कन्सर्टसहित साँझसम्म चलेको थियो । मेलाको मुख्य आकर्षणहरुमा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुती, फोरजी थिममा आधारित गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु रहेका थिए ।

ncell-mela-pokharaमेलाको मुख्य आकर्षण रहेको कन्सर्टमा, कलाकार शिव परियारले आफ्नो हिट गीतहरु जस्तै ‘क्या दामी भो’, ‘संगी’ र ‘पिलायो साथीले’ प्रस्तुत गर्दै दर्शकहरुलाई मनोरञ्जन गराएका थिए । कलाकार आषिश राना (लाउरे) ले ‘नेपहपको बाटो’, ‘केस नं ४२०’ र ‘हाउडे’ जस्ता आफ्ना गीतहरु प्रस्तुत गरेका थिए । त्यस्तै सांगीतिक समुह कबवेबले ‘मार्याे नि मार्यो नि’ र ‘तिम्रो माया’ जस्ता गीत प्रस्तुत गरेको थियो भने द एज व्याण्डले आफ्नो धेरै मन पराइएका गीतहरु ‘तिम्रो लागि’ र ‘थाहा छैन’ प्रस्तुत गरेको थियो ।

ncell-mela-pokharaयसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाएको एनसेलले जनाएको छ । मेलामा सबै उमेर समुहका दर्शकहरुलाई विभिन्न कार्यक्रम तथा गतिविधिहरु समावेश गरिएको थियो ।

ncell-mela-pokharaयुवाहरुको भिड एनसेलको फोरजीमा आधारित गेमहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेसमा थियो र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पनि जित्न सफल भएका थिए । किड्स जोनमा बालबालिकाहरु ट्राम्पोलिन र गो कार्ट जस्ता खेलहरुमा देखिन्थे । टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आर्कषणले बालबालिकाहरुको ध्यान केन्द्रित गरेको थियो ।

ncell-mela-pokharaमनोरञ्जनका कार्यक्रमका साथ साथै मेलामा रहेको एनसेलको विषेश फोरजी जोनमा पनि आगन्तुकहरुको उत्तिकै उत्साहजनक भीड देखिन्थ्यो । उक्त जोनबाट आगन्तुकले एनसेलको फोरजी सेवाको बारेमा थप जानकारीका साथै फोरजी सेवा चलाएर टेष्ट पनि गर्न पाएका थिए । फुड स्टलमा आगन्तुकहरुले देशी र विदेशी परिकारहरुको मजा लिएका थिए । त्यसैगरी, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु दर्शकहरुको सहभागिता थियो ।

ncell-mela-pokharaआफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसियाली मनाउदै अग्रिम रुपमा आउँदो नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान गर्न र १९ शहरहरुमा फैलिएको फोरजी सेवाका बारेमा आगन्तुकहरुलाई जानकारी दिन मेला एकदम सफल भएको एनसेलले जनाएको छ । पोखराबाट शुरु हुने यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।

Advertisement

Advertisement

Advertisement