एल क्लासिकोमा रियलविरुद्द बार्सिलोनाको सानदार जित, रियल ३-० ले पराजित

Advertisement

एजेन्सीः स्पेनिस ला लिगा अन्तर्गतको शनिबार भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । विश्व प्रशिद्ध डर्वी एल क्लासिकोमा बार्सिलोनाले रियललाई उस्कै मैदानमा ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा पहिलो हाफमा गोल रहित रोकिएको थियो । दोस्रो हाफपछि कार्भारेजले हातले बल रोकेपछि रातो कार्ड खादै मैदान छोडेपछि रियल १० खेलाडीमा सिमित भयो ।

खेलकोे ५४ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । कार्भाजले हातले पेनाल्टि क्षेत्रमा बल छोयपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ९० औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

जितसँगै लिगमा बार्सिलोनाको १७ खेलबाट ४५ अंक भएको छ । दोस्रो स्थानमा रहेको एथलेटिको मड्रिड भन्दा बार्सिलोना ९ अंकले अगाडी छ । एथलेटिको मड्रिडको ३६ अंक छ । चौथो स्थानको रियल मड्रिडको ३१ अंक छ । रियल बार्सिलोनाभन्दा १४ अंकले पछि छ ।

Advertisement

Advertisement

Advertisement