हिमालयन र जनताको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, बोनसपछि दुवैको चुक्ता पूंजी पुग्ने

Advertisement

काठमाडौँ: जनता बैंक र हिमालयन बैंकको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

हिमालयनले पुस ११ देखि २७ गतेसम्ममा आफ्नो सेयरधनी दर्ता किताव अर्थ बुक क्लोज गर्दै छ । आजसम्म कायम सेयरधनीहरुले मात्रै बोनस सेयर सुरक्षित गर्न सक्नेछन । बैंकले आव २०७३/७४ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभाम्स दिएको छ ।

बैंकको हालको ६.४९ करोड चुक्ता पूंजी २५ प्रतिशत बोनस सेयरपछि ८ अर्व ११ करोड रुपियाँ पुग्ने छ । बैंकको २५ साधारण सभा पुस २८ गते हुँदैछ ।

त्यस्तै, पुस २८ गते हुने जनता बैंकको साधारण सभाका लागि पुस ११ देखि २८ गतेसम्ममा बुक क्लोज गर्नेछ । बैंकको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले १४.४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो जुन साधारण सभाले अनुमोदन गर्नुपर्नेछ । बैंकको ६ अर्व ९९ करोड चुक्ता पूंजी बोनस पछि ८ अर्व एक करोड पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement