नेपाल दूरसंचारको १० औं साधारण सभा पुस ३० गते, ५५ प्रतिशत नगद लाभांश पारित हुने

Advertisement

काठमाडौं: नेपाल दूरसंचार कम्पनी लिमिटेडको १० औं वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभा नेपाली सेनाको आर्मी अफिसर्स क्लवमा १० बजेबाट सुरु हुनेछ ।

साधारण सभाले मुख्यत: गत आव २०७३/७४ को नाफाबाट ५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनीको संस्थागत सम्जौतासम्वन्धि पत्रमा पनि संसोधन हुनेछ ।

बैंकको साधारण सभाका लागि पुस १२ देखि ३० गतेसम्ममा सेयरधनी दर्ता किताव बन्द हुनेछ । त्यसैले पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन ।

गत आवमा टेलिकम १५ अर्व एक करोडबढी नाफामा छ ।

Advertisement

Advertisement

Advertisement