युनाइटेडको चुक्ता पूँजी पुगेपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव रद्द हुँदै, साधारण सभा पुस २९ गते

Advertisement

काठमाडौं: युनाइटेड फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारणसभा पुस २९ गतेका लागि डाकिएको छ । सभा राजधानीको आम्रपाली बैङ्क्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

कम्पनीले जारी गर्ने भनेको २० प्रतिशतको बोनस सेयर सभाबाट पारित हुनेछ ।

सभाले यस अघि जारी गर्ने भनेको हकप्रद सेयर प्रस्ताव रद्द गर्ने भएको छ । राष्ट्र बैंकको ८० करोड चुक्ता पूँजी पुर्याउनु पर्ने सीमा पुगिसकेकोले सो प्रस्ताव रद्द गरिएको हो ।

कम्पनीले १९ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले भारत, कोचीस्थित मुतूट फाइनेन्सलाई बैदेशिक रणनीति साझेदारको रूपमा ल्याउनको लागि प्रिमियम सहित १ सय ९० दरको २१ लाख संस्थापक समूहको थप गरेर जारी गर्ने प्रस्तावसमेत साधारण साभाले पारित गर्नेछ ।

सभाले संस्थापक तर्फबाट ४ जना सर्वसाधारण समूहबाट २ जना र स्वतन्त्रबाट १ जना प्रतिनिधित्व सञ्चालक समितिमा निवार्चन गर्ने प्रस्ताव गरेको छ । साथै, लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको साधारणसभा प्रयोजनको लागि सेयरधनी दर्ता पुस्तिका पुस १४ गतेदेखि साधारणसभा नभएसम्मको लागि बन्द हुने कम्पनीको सूचनामा छ ।

Advertisement

Advertisement

Advertisement