आँउदो माघदेखि खुकुरी च्यालेन्ज क्रिकेट कप मुलपानी मैदानमा

cricket

काठमाडौंः खुकुरी च्यालेन्ज कप टि-ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ ।

खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ । बीस क्लबले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।

nic-asia-ad

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रतियोगितामा ४० लिग खेल तथा चार क्वाटरफाइनल, दुई सेमिफाइनल र फाइनल हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख रुपियाँ तथा उपविजेताले एक लाख रुपियाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीले २० हजार रुपियाँ तथा उत्कृष्ट बलर तथा ब्याट्सम्यानले १० हजार रुपिँया पाउनेछन् ।