अप्पर नौगाड जलविद्युत् अन्तिम चरणमा, आठ प्रतिशत बोनस सेयर चाँही कहिले ?

Advertisement

काठमाडौँ: अपी पावर कम्पनीले थालेको आठ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ ।

दार्चुला जिल्लामा आयोजनास्थल रहेको उक्त परियोजनाको भौतिक निर्माण कार्य सकिएकाले आगामी चैतदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । कम्पनीका प्रमुख सञ्जीव न्यौपानेले मुलुकमा जारी ऊर्जा संकटलाई समाधान गर्ने लक्ष्यका साथ आयोजना तोकिएको समय भन्दा अगावै सम्पन्न हुन लागेको जानकारी दिए ।

सोही जिल्लामा आयोजनास्थल रहेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गरिसकेको अवस्थामा अप्पर नौगाडको समेत विद्युत् थप भएपछि सुदूर र मध्यपश्चिममा विद्युत् आपूर्तिमा सहज विश्वस लिइएको छ ।

कम्पनीको यो दोस्रो आयोजना हो । यसअघि कम्पनीले १७ महिनाको छोटो अवधिमा नै ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले कूल १८ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन प्रणालीसमेत जडान गर्ने तयारी गरेको छ । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलियाको निर्माणको तयारी थालेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट सेयरधनीलाई आठ प्रतिशत बोनस सेयर दिने भएको तयारी गरेको छ । रु एक अर्ब पाँच करोड कूल चुक्ता पुँजीको आठ प्रतिशत बोनस दिन लागिएको हो ।

उता नेपाल स्टक एक्सचेन्जमा सानिमामाई हाइड्रो पावरको सेयर सूचीकृत भएको छ । कम्पनीको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत साउन २७ गतेदेखि भदौ २९ गतेसम्म एक बराबर एक हकप्रद सेयर निष्कासन गरेको थियो ।

Advertisement

Advertisement

Advertisement