छ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

Advertisement

काठमाडौंः सरकारले चालू आर्थिक वर्षको छ महिनामा तीन खर्ब ४० अर्ब १९ करोड रुपिँया गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो ।

चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल विनियोजित बजेट १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपिँयामा २६ दशमलव ६ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार चालू खर्च दुई खर्ब ९२ अर्ब ७८ करोड रुपिँया अर्थात् ३६ दशमलव ४४ प्रतिशत खर्च भएको छ । यसैगरी पूँजीगततर्फ ३१ अर्ब ९९ करोड रुपिँया अर्थात् ९ दशमलव ५५ प्रतिशत खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ १५ अर्ब ४१ करोड रुपिँया अर्थात् १० दशमलव ९९ प्रतिशत खर्च भएको छ । सरकारले पूँजीगत खर्च बढाउन सम्बन्धित मन्त्रालयमार्फत आयोजना तथा कार्यालयहरुलाई निर्देशन दिइएको जनाएको छ ।

चालू आवको मंसिर महिनासम्ममा दुई खर्ब ५१ अर्ब १२ करोड रुपिँया ७४ लाख ९७ हजार राजश्व संकलनको लक्ष्य राखिएकामा ९५ दशमलव ५६ प्रतिशत असुली हुनसकेको छ । यो गत आवको यसै अवधिको तुलनामा ११४ दशमलव ९७ ले वृद्धि हो ।

Advertisement

Advertisement

Advertisement