क्यान महासंघमा नयाँ नेतृत्व, हेमन्त चौरसिया नयाँ अध्यक्ष

Advertisement

काठमाडौंः कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यान महासंघ)को २४औं वार्षिक साधारणसभा तथा महाधिवेशनले महासंघको नयाँ कार्यसमिति चयन गरेको छ । तेत्तिस जिल्लाका प्रतिनिधि सहभागी महाधिवेशनले हेमन्तकुमार चौरसियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेरका चौरासिया सर्वसम्वत अध्यक्ष भएका हुन । त्यस्तै, उपाध्यक्षमा विश्वराम बलामी (संस्थागत), सुनैना घिमिरे पाण्डे (महिला), रोमकान्त पाण्डे (व्यक्तिगत) र नवराज कुँवर (जिल्लाअन्तर्गत) निर्विरोध निर्वाचित भएका हुन ।

त्यसैगरी, महासचिवमा रञ्जितकुमार पोदार निर्वाचित भएका छन् भने सचिवमा जिल्लाअन्तर्गत जगनबहादुर गुरुङ निर्विरोध चयन भएका छन् भने थप सचिव पदअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरुको मतदानबाट डा. पवनकुमार शर्मा (व्यक्तिगत) र नारायणबहादुर थापा (संस्थागत) निर्वाचित भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा खुशल रेग्मी र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल निर्विरोध निर्वाचित भएका छन् भने महासंघको केन्द्रीय सदस्यहरुमा व्यक्तिगत, संस्थागत, विषयगत र जिल्ला शाखाबाट सम्पूर्ण सदस्यहरु पनि निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

कार्यसमिति सदस्यहरुमा रेगबहादुर भण्डारी, सुभाष खड्का, रत्नतारा वैद्य, श्रवणकुमार श्रेष्ठ, घनश्याम खनाल, विक्रम श्रेष्ठ, अमित अग्रवाल, डा. अभिजित गुप्ता, उमेश रघुवंशी, अस्गर अली, अरुणकुमार वंशल, मधुकुमार अमात्य, विक्रम सिंह, दिपेश प्रधान, प्रशान्तलाल श्रेष्ठ, चिरञ्जिवी अधिकारी, ठाकुरकुमार श्रेष्ठ, दीपेश पाठक, भुपालदास श्रेष्ठ, दीपेन्द्रकुमार सिंह, श्यामकल श्रेष्ठ, अशोकबाबु राना, ईश्वरप्रसाद पोखरेल, भुपेन्द्रसिहं वली, दलबहादुर खड्का, हर्कबहादुर सेटी र प्रेमराज पनेरु निर्विरोध निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष चौरासियाले क्यान महासंघलाई अझ पारदर्शी संगठन निर्माण गर्नेे प्रतिवद्धता जनाउँदै ग्रामीणस्तरमा सुचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनका कार्यक्रम ल्याउने बताए ।

क्यान महासंघ नेपालको आइसिटी क्षेत्रको पूरानो र ठूलो साझा संस्था हो । सन् १९९२ मा स्थापना भएको क्यान सन् २०१५ मा महासंघमा परिणत भएको थियो ।

can-federation

Advertisement

Advertisement

Advertisement