राधी बिद्युतको आइपीओमा १८ गुंणा बढी आवेदन

Advertisement

काठमाडौं : राधी बिद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आइपीओ) मा झन्डै १८ गुणा बढी आवेदन परेको छ । हिजोसम्मको विवरण अनुसार सो आइपीओमा १ लाख ६० हजार ९६८ जना लगानीकर्ताले १ अर्ब २७ करोड ७४ लाख ४८ हजार ४०० रुपियाँ बराबरको आवेदन दिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

कम्पनीका अनुसार अझै केही बैंकबाट विवरण आउँन बाँकी नै रहेकाले आवेदकको संख्या र रकम अझै बढ्नसक्नेछ ।

कम्पनीले निष्कासन गरेको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओमध्ये कर्मचारीलाई १५ हजार २९१ अर्थात दुई प्रतिशत र सामूहिक लगानी कोषहरुलाई ३८ हजार २२७.५ अर्थ पाँच प्रतिशत कित्ता सेयर छुट्याइएको छ ।

बाँकी रहेको ७ लाख ११ हजार ३१.५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएको हो ।

यसमा १० कित्ताको दरले सेयर दिँदा ७१ हजार १०३ जनाले मात्र सेयर पाउने हुँदा बाँकी ८९ हजार ८६५ जना आवेदको हात खाली हुने भएको छ । यसआधारमा, अहिलेसम्मको विवरण अनुसार ४४.१७% आवेदकले सेयर पाउने देखिएको छ ।

राधीले पुस ३ गतेदेखि ६ गतेसम्म ७ करोड ६४ लाख ५५ हजार रुपियाँ ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

यस आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो ।

राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ । यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । राधीले अतिप्रभावित साविक घेर्मु गाविस (हाल मस्र्याङदी) गाँउपालिका वडा नं ५ का स्थानीयलाई २ लाख ४६ हजार र न्यून प्रभावित ताघ्रिङ् गाविस हाल मस्र्याङ्दी गाँउपालिका वडा नं ४ का स्थानीय बासिन्दालाई १ लाख ६४ हजार कित्ता साधारण सेयरको बिक्री गरेको हो ।

कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपियाँ र जारी पुँजी ४१ करोड रुपियाँ छ । जारी पुँजीमध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले जारी पुँजीको १०% सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बेचेको हो ।

Advertisement

Advertisement

Advertisement